१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

हिमालयन लघुवित्तले कमायो ९ करोड १७ लाख, प्रतिसेयर आम्दानी कति ?

१४ साउन, काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको खुद नाफा २० लाख रुपैयाँ ऋणात्मक रहेको थियो।

यस्तै समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ५८.४९ प्रतिशतले बढ्दै ३५ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो अवधिसम्म संस्थाले खुद शुल्क तथा कमिशन आम्दानीमार्फत ५ करोड १५ लाख रुपैयाँ कमाएको छ । कम्पनीको खुद सञ्चालन आम्दानी ४० करोड ९७ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २४ करोड १८ लाखमा सीमित थियो ।

३१ करोड ९८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २२ करोड ७९ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब ९३ करोड २८ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ४ अर्ब ९२ करोड ४६ रुपैयाँ कर्जा लगानी गरेको छ।

संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ३१ लाख रुपैयाँ रहेको छ । यस्तै वितरणयोग्य प्रतिसेयर आम्दानी १९.७६ रुपैयाँ रहेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ७० पैसा, मूल्य आम्दानी अनुपात ३५.३८ गुणा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १६ पैसा रहेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८२, बुधबार ०९:१५