१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

पतञ्जली भ्रष्टाचार मुद्दा प्रकरणमा पूर्वसचिव पन्तलाई ५ लाख धरौटीमा छाड्न आदेश

१३ साउन, काठमाडाैं ।  विशेष अदालतले पतञ्जली जग्‍गामा भ्रष्टाचार गरेको मुद्दामा पूर्व भूमिसुधार सचिव छविराज पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको छ ।

 विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वसचिव पन्तलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हाे ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। आयोगले पूर्वसचिव पन्तविरुद्ध १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १७:०८