इराकमा तैनाथ शान्ति सैनिक स्वदेश फिर्ता
१३ साउन, काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुस १६गतेसम्ममात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो ।
नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको स्वदेश आगमन भइसकेको छ ।
प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १६:१०









