७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

१३ साउन, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३०० रुपैयाँ खरिदबिक्री भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार ११:०३