सिन्धुलीबाट हराएका १६ जना हायू परिवारको अन्तिम लोकेसन रामेछापमा
१२ साउन, काठमाडौं । सिन्धुलीको गोलान्जोर गाउँपालिका-६ बागेश्वरबाट बेपत्ता भएका एकै परिवारका १६ जनाको अन्तिम लोकेसन रामेछापको सिमन्दीछाप भन्ने ठाउँमा देखिएको छ ।
गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार बेपत्ता छन् । उनीहरुको मोबाइल ट्रेस गर्ने क्रममा अन्तिम लोकेसन रामेछाप नगरपालिका–९ सिमन्दीछाप भन्ने स्थानमा देखिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताउनुभयो ।
उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ बेपत्ता रहेको प्रहरले जनाएको छ ।
प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १७:२३









