३० पुष २०८२, बुधबार | Thu Jan 15 2026

सिन्धुलीमा एकै परिवारका १६ जना सम्पर्कविहीन

१२ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएका छन् । गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको परिवारका १६ जना सदस्य हराएका हुन् ।

हायुको घरमा आगो लागेर सामान्य क्षति भएको देखिन्छ भने घर पालुवा जनावर अलपत्र अवस्थामा रहेकाे वडाध्यक्ष रविन श्रेष्ठले बताउनुभयाे ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १४:११