२५ मंसिर २०८२, बिहीबार | Thu Dec 11 2025

नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक पोख्रेलको राजीनामा स्वीकृत

१२ साउन, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीकी सञ्चालक दिनुका पोख्रेलको राजीनामा स्वीकृत भएको छ । साउन ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोख्रेलको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

गत साउन २ गते पोख्रेलले पारिवारीक,व्यक्तिगत तथा स्वास्थ्य अवस्थाका कारण भन्दै राजीनामा दिनुभएको थियो । पोख्रेल २०८० असार १५ गते सम्पन्न आठौं वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भई समूह ‘ख’ नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट प्रतिनिधित्व गर्दै आउनुभएकाे थियाे ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १०:५७