१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सोमबार प्रतितोला कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

१२ साउन, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आइतबार घटेको सुनको मूल्य आज भने स्थिर रहेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला दुई हजार २९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार १०:४६