१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

सिद्धार्थ व्यवस्थित लगानी योजनाले घोषणा गर्यो लाभांश

१२ साउन, काठमाडौं। सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको लाभांश घोषणा गरिएको छ । सिद्धार्थ बैंक लिमिटेड कोष प्रवद्र्धक तथा सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको उक्त खुलामुखी योजनाले लाभांश घोषणा गरेको हो ।

बैठकले सिद्धार्थ व्यवस्थित लगानी योजनाका लागि ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित प्रतिफल साउन ११ गतेसम्म इकाईधनी दर्ता किताबमा कायम रहेका इकाईधीहरु मात्रै प्राप्त गर्न योग्य हुनेछन् । पुनः लगानी गर्न चाहने शेयरधनीको हितग्राही खातामा रकम बराबरको इकाइ जम्मा गरिने र पुनः लगानी नचाहने शेयरधनीको बैंक खातामा रकम जम्मा गरिने क्यापिटलले जनाएको छ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार ०९:३३