१८.४४ अंकले घट्यो नेप्से, २६ अर्ब ५७ करोडको कारोबार
११ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजामा गिरावट आएको छ । यस दिन नेप्से १८.४४ अंकले घटेर २९६४.२० को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन ६३ कम्पनीको सेयरमूल्य बढेको छ भने १८६ कम्पनीको सेयरमूल्य घटेको छ । आइतबार ९ उपसूचक राताम्य भएको छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। आज वाणिज्य बैंक समूहको ०.९१ प्रतिशत, फाइनान्स समूहको २.२२ प्रतिशत, होटल तथा पर्यटन समूहको १.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन शिवम् सिमेन्टको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको १ अर्ब २ करोड रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १५:२५














