तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक
११ साउन, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजामा गिरावट आएको छ । यस दिन नेप्से २३.९३ अंकले घटेर २९५८.७१ को बिन्दुमा बन्द भएको छ । आज ३२३ कम्पनीको ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।
आज तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । यसदिन समता घरेलु लघुवित्त, ट्रेड टावर र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १५:१८














