पिपुल्स पावरको ३९ लाख ७ हजार कित्ता सेयरको लकइन अवधि भदौमा सकिँदै
११ साउन, काठमाडौं । पिपुल्स पावर लिमिटेडको ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि आउँदो भदौमा सकिने भएको छ।
हाल कम्पनीको संस्थापकको ३२ लाख २६ हजार कित्ता, कर्मचारीको ४९ हजार ३४८ कित्ता र स्थानीयको ६ लाख ३२ हजार ६०० कित्ता सेयर लकइनमा रहेको छ।
कम्पनीले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरी २०७९ भदौ १२ गते बाँडफाँड गरेको थियो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक, कर्मचारी र स्थानीयको शेयर आईपीओ बाँडफाँडको मितिले ३ वर्षसम्म लकइनमा राख्न निर्देशन दिएसँगै उक्त सेयरहरू लकइनमा रहेका छन्। लकइन अवधि सकिएसँगै यी शेयरहरू कारोबार गर्न सकिनेछ। यद्यपि कम्पनीको सञ्चालक समितिका सदस्य र उच्च तहमा रहेका कर्मचारीले भने सेयर कारोबार गर्न सक्ने छैनन।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार ११:४३













