आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
११ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो । पछिल्ला केही दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा ५० रुपैयाँले घटेर प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँ कारोबार भएको थियो ।
प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १०:४८












