१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

इन्फिनिटी लघुवित्तको नाफा १०४.७१ प्रतिशतले बढ्यो, कस्तो छ अन्य वित्तीय सूचकको अवस्था ?

११ साउन, काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०४.७१ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ४० करोड ४९ लाख पुगेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ३९.६४ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको खुद सञ्चालन आम्दानी ४३ करोड ५६ लाख रुपैयाँ र सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात १०.१९ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा सीमित बनेको छ । कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ३२ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीको वितरणयोग्य मुनाफा ४९ लाख १८ हजार रुपैयाँले ऋणात्मक थियो ।

संस्थाको निक्षेप संकलन १ अर्ब ३९ करोड र कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी १८.८५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.६५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.१६ गुणा  रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८२, आईतवार १०:१७