१७ पुष २०८२, बिहीबार | Thu Jan 1 2026

नबिल बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न मिल्छ ?

९ साउन, काठमाडाैं । नबिल बैंक लिमिटेडकाे ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकले गत साउन ६ गतेदेखि जारी गरेको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्रमा खरिद आवेदन दिने समयावधि थप गरिएको हो । अब याे ऋणपत्रमा साउन २० गतेसम्म आवेदन दिन सकिने भएको छ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। कुल निष्कासनमध्ये १८ लाख इकाई व्यक्तिगत तवरबाट र १२ लाख इकाई आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।

८ वर्ष अवधिको यो ऋणपत्रमा वार्षिक ७ प्रतिशत दरले ब्याज भुक्तानी हुनेछ । । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ

प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार ११:५६