आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
९ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला दुई दिनदेखि सुनको मूल्य निरन्तर घटेको छ ।
यस दिन चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३४० रुपैयाँ खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : ९ श्रावण २०८२, शुक्रबार ११:१४












