१९ चैत्र २०८२, बिहीबार | Fri Apr 3 2026

पाँच वर्षदेखि नवीकरण नभएका सेयर खाता बन्द हुने

७ साउन, काठमाडौं ।अब पाँच वर्षदेखि निष्क्रिय रहेको सेयर खाता (डिम्याट एकाउन्ट) नविकरण शुल्क नतिरे पनि बन्द हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गर्ने उल्लेख गरेको छ।

पाँच वर्षदेखि नविकरण नभएका र खातामा धितोपत्र मौज्दात नभएका डिम्याट खाता बन्द गर्न सक्ने र ती खाता बन्द गर्दा नविकरण शुल्क प्राप्त हुन नसकेमा छुट दिने व्यवस्था गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

“बोर्डले सिडिएससीलाई विद्यमान व्यवस्थामा परिमार्जन गर्न, पाँच वर्षदेखि नवीकरण नभएका र खातामा धितोपत्र मौज्जाद नभएका हीतग्राहि खाता बन्द गर्न सक्ने, उक्त खाताहरू बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपपछि मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनु पर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेस गर्न निर्देशन दिएको छ,” बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १६:१४