मलाई पद होइन काम दिनुस्ः वामदेव गौतम
७ साउन, काठमाडौं ।नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता वामदेव गौतमले आफूलाई पार्टीमा पदभन्दा काम दिन अनुरोध गर्नुभएको छ । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टीमा कुनै पद नचाहिएको तर कार्यक्षेत्र दिएर काममा लगाउन आग्रह गर्नुभएको हो ।
आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादीसँग एकता गरेको बताउँदै आफूलाई समयसापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गर्नुभयो । उहाँले काम नभए एकीकृत समाजवादीमा पनि धेरै समय रहिरहन नसक्ने बताउनुभएको छ ।
‘मैले पहिले नै भनेको छु। मलाई काम दिनुस् । काम दिनको निम्ति तपाईंहरुले कुन पद सिर्जना गर्नुपर्छ ? कामसहितको सिर्जना गरिदिनुस् ।’ उहाँले भन्नुभयाे, काम बिनाको पद चाहिँदैन । कुनैपनि हालतमा चाहिँदैन । म बस्दा पनि बस्दिन । यदी तपाईंले पद दिनुहुन्छ तर काम दिनुहुन्न भने म बस्दा पनि बस्दिनँ ।’
प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १२:१०