२ आश्विन २०८२, बिहीबार | Fri Sep 19 2025

सुनको मूल्य तोलामा २१ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

७ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला छ दिनदेखि सुनको मूल्य निरन्तर बढीरहेको छ । यस दिन चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार १०:५८