अवितरित हकप्रद सेयर बिक्री गर्दै छ्याङदी हाईड्रो, न्यूनतम मूल्य कति ?
७ साउन, काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद सेयर लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो । कम्पनीले यही साउन १४ गतेदेखि २१ गतेसम्म उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्ने कम्पनीले जनाएको छ । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै ग्लोबल आइएमई बैंकका बिर्तामोड, हनुमानदास रोड–विराटनगर, जनकपुर, आर्दशनगर–वीरगंज, हेटौँडा, नारायणगढ, न्यूरोड–पोखरा, बुटवल–मिलनचोक, बाग्लुङ, नेपालगंज–त्रिभुवन चोक, सुर्खेत, घोराही–दाङ, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ०९:३७














