निफ्राको नाफा १३.८६ प्रतिशतले घट्यो, प्रतिसेयर आम्दानी कति ?
७ साउन, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब १४ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.८६ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ३२ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको खुद ब्याज आम्दानी पनि २५.५१ प्रतिशतले घटेर १ अर्ब ८९ करोड रुपैयाँमा सीमित बनेको छ । अघिल्लो आवमा कम्पनीले २ अर्ब ५५ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्ममा बैंकले १ अर्ब ६४ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। यस्तै कम्पनीको खुद सञ्चालन आम्दानी १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ६६ करोड ७९ लाख रुपैयाँबाट बढेर १ अर्ब १७ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
२१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ७ करोड ७१ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३० पैसा, मूल्य आम्दानी अनुपात ५९.९६ गुणा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसा रहेको छ।
प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार ०९:१४












