भूगोल इनर्जीले बाेलायाे साधारणसभा, बुक क्लोज कहिले ?
६ साउन, काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड विशेष साधारणसभा बोलाएको छ । साउन ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साउन २२ गते साधारण सभा बोलाएको हो ।
उक्त सभा काजीको किचन पुरानो बानेश्वर काठमाडौंमा विहान ९ बजेदेखि सुरु हुने छ । सभाले कम्पनीको हाल कायम चुक्त पुँजीको १ः१ अनुपादमा हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा र सो अनुसार प्राप्त हुने रकमको उपयोग बारमा सञ्चालक समितिले गरेको निर्णय पारित गर्ने एजेण्डा रहेको छ ।
सभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ साउन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरुले सभामा सहभागि हुन सक्नेछन् ।
प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १६:२७













