२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

८०.९७ अंकले बढ्यो नेप्से, २० अर्ब ८ करोडको कारोबार

६ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से ८०.९७ अंकले बढेर २९७३.७० को विन्दुमा कायम भएको हो ।

आज नेप्सेमा कारोबार भएको ३१९ कम्पनीको ४ करोड ३५ लाख ८१ हजार २२८ कित्ता शेयर किनबेच हुँदा २० अर्ब ८ करोड ५३ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ ।

यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज माइक्रोफाइनान्स समूहको ४.१० प्रतिशत, विकास बैंक समूहको २.३४ प्रतिशत, वाणिज्य समूहको २.१० प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत र होटल तथा पयर्टन समूहको ३.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

मंगलबार तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन ट्रेड टावर, शिवम् सिमेन्ट, सान्भी इनर्जी र उन्नती सहकार्य लघुवित्त सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । मंगलबार नेपाल रिइन्स्योरेन्स (पुर्नबीमा) कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७१ करोड ८८ लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:27