माछापुच्छ्रे बैंकको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त
६ साउन, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त हुनुभएको छ । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
गौतम सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालकमा नियुक्त हुनुभएको हो ।
प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार १२:१९












