१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

सुनको मूल्यमा भारि वृद्धि, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

६ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला पाँच दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ । यस दिन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यस दिन चाँदी तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला दुई हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलवार ११:१०