१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

सोमबार यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

५ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से २१.७६ अंकले बढेर २८९२.७२ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

साेमबार नेपाल रिइन्स्योरेन्स (पुर्नबीमा) कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७५ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, हिमालयन रि इन्स्योरेन्सको ७५ करोड २८ लाख ३ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ५६ करोड ७९ लाख ८७ हजार रुपैंया, फ्रष्ट माइक्रोफाइनान्सको ५१ करोड ७१ लाख ९१ हजार रुपैयाँ र लुम्बिनी विकास बैंकको ४२ करोड १७ लाख ८४ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १५:२२