१७ चैत्र २०८२, मंगलवार | Wed Apr 1 2026

तीन कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

५ साउन, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । यस दिन नेप्से ३१.७८ अंकले बढेर २९०२.७४ को विन्दुमा बन्द भएको छ ।

आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

सोमबार तीन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन थ्रीस्टार हाइड्रोपावर, ट्रेड टावर लिमिटेड र सान्भी इनर्जीको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १५:१६