१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

दुई कम्पनीले आईपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डसँग मागे अनुमति

५ साउन, काठमाडौं। विभिन्न दुई कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् । भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

भिजन इनर्जीले १०० अंकित दरका ८३ करोड रुपैयाँ बराबरको ८३ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।

त्यस्तै, ह्वाइट लोटस पावरले १०० अंकित दरका १२ करोड १९ लाख रुपैयाँ बराबरको १२ लाख १९ हजार कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १४:५७