९ पुष २०८२, बुधबार | Wed Dec 24 2025

एनआईसी एशिया बैंक २८ औं वर्षमा प्रवेश, सरोकारवालाको पहिलो रोजाई बन्ने अठोट

५ साउन, काठमाडाैं । एनआईसी एशिया बैंक आइतबार २८ औँ वर्षमा प्रवेश गरेको छ । २७ वर्षअघि आजकै बैंकले आफ्नो सेवा सुरु गरेको थियो । सोही आत्मीय सहयात्राको फलस्वरुप आज सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै २७ औं वार्षिकोत्सव मनाउन सफल भएको बैंकले जनाएको छ ।

यस अनवरत यात्रामा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकायहरु, सेयरधनी , कर्मचारीहरु लगायत सम्पूर्ण सरोकारवालाहरु प्रति बैंकले हार्दिक आभार प्रकट गरेको छ।

आगामी दिनहरुमा अझ विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ्ग सेवा एवं सुविधाहरु प्रदान गर्दै थप नयाँ उचाइ र आयाम सहित “बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि” बन्ने अठोट गर्ने बैंकले प्रतिबद्धता जनाएको छ ।

‘२७ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाहरूको पहिलो रोजाईको बैंक बन्ने दृढ संकल्पका साथ शुरू भएको हाम्रो अतुलनीय यात्रा यहाँसम्म आइपुग्दा देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै हामी २७ औं वार्षिकोत्सव मनाउन गइरहेका छौं’, बैंकद्धारा जारी विज्ञप्तिमा छ ।

डिजिटल फष्ट बैंक बन्ने दृष्‍टिकोणसहित अघि बढिरहेको एनआईसी एशिया बैंकले हाल देशभर ३६० शाखा कार्यालय, ६७० एटिएम, ११६ विस्तारित काउन्टर, र ४२ शाखारहित बैंकिङ सेवा मार्फत लाखौं ग्राहकहरूसँग प्रत्यक्ष सेवा सम्बन्ध विस्तार गरिसकेको छ।

प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार १३:१८