आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
५ साउन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ । यस दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । यस दिन चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : ५ श्रावण २०८२, सोमबार ११:०५












