४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
४ साउन, काठमाडौं । साताको पहिलो पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन बजार २.८७ अंकले घटेर २८६७.७६ को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन चार कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन उन्नती सहकार्य लघुवित्त, सान्भी इनर्जी, ट्रेड टावर लिमिटेड र शिवश्री हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार १५:१२














