१ माघ २०८२, बिहीबार | Thu Jan 15 2026

पत्रकार रवीन्द्र प्रजापती मृत भेटिए

४ साउन, काठमाडाैं । रौतहटका पत्रकार रवीन्द्र प्रजापति मृत भेटिएका छन्। कटहरिया नगरवालिका-५ स्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रजापती शनिबार बेलुकी भेटिएका हुन्।

प्रहरीले प्रजापतिलाइ गौरस्थित ग्रान्डी अस्पताल पुर्‍याएको थियो। अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको थियो। प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ११:३६