२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

निरन्तर बढ्दै सुनको मूल्य, कति पुग्यो तोलाको ?

४ साउन, काठमाडौं । सताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्ला चार दिनदेखि सुनको मूल्य निरन्तर बढेको छ ।

यस दिन चाँदीको पनि मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला २ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला २ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ११:०६