१९ चैत्र २०८२, बिहीबार | Thu Apr 2 2026

तेह्रथुम पावरको हकप्रद सेयरमा आवेदन दिने अवधि थप

४ साउन, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने अवधि थप भएको छ। कम्पनीले असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन दिने अवधि थप भएको हो ।

कम्पनीको हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो ।

यो हकप्रदमा साउन ४ गतेसम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले साउन ११ गतेसम्म म्याद थप गरिएको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ ५ गते बुकक्लोज गरेको थियो। यसकाे अर्थ जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छत्तर, म्याङलुङ, फेदापर संक्रान्तिबजारे शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ४ श्रावण २०८२, आईतवार ०९:३७