१ वर्षमा सेयर बजारबाट उठ्यो १६ अर्ब ५४ करोड पूँजीगत लाभकर
२ साउन, काठमाडाैं । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले सेयर बजारबाट हालसम्मकै उच्च लाभकर उठाएको छ । सो आर्थिक वर्ष कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पूँजीगत लाभकर उठेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढी हो । अघिल्लो वर्ष सरकारले ५ अर्ब ५१ करोड रुपैयाँ पूँजीगत लाभकर पाएको थियो ।
यो रकम कुनैपनि एक आर्थिक वर्षमा संकलन भएको हालसम्मकै उच्च हो । यसअघि भने आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी राजश्व संकलन भएको थियो । उक्त आवमा सरकारले पूँजीबजारबाट १५ अर्ब राजश्व संकलन गरेको थियो ।
आव २०८१/८२ मध्ये साउन महिनामा सबैभन्दा बढी अर्थात ४ अर्ब २३ करोड राजश्व उठेको छ । यस्तै पुस महिनामा सबैभन्दा कम अर्थात ५८ करोड बराबर राजश्व उठेको छ ।
प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १३:०४













