२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

२ साउन, काठमाडौं । स्थानिय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर प्रतितोला २ हजार २८० रुपैयाँ कायम छ ।

प्रकाशित मिति : 10:54