१०० रुपैयाँमै कामना सेवा विकास बैंकको सेयर बिक्रीमा, सबैले किन्न पाउने
२ साउन, काठमाडौं। कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक समूहको ४० हजार कित्ता संस्थापक सेय रबिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य रु.१०० निर्धारण गरिएको छ । बिक्रीमा राखिएको सेयर खरिदका लागि जो कोही व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले आज साउन २ गतेदेखि साउन ९ गतेभित्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।
बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ४० हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । प्राप्त शिलबन्दी बोलपत्रहरु साउन ११ गते बिहान ११ बजे प्रभु क्यापिटलको कार्यालयमा खोलिनेछ ।
प्रकाशित मिति : २ श्रावण २०८२, शुक्रबार १०:२७












