नयाँ आर्थिक वर्षको पहिलो कारोबारकाे दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता
१ साउन, काठमाडौं । साताको अन्तिम तथा नयाँ आर्थिक वर्षको पहिलो कारोबारकाे दिन सेयर बजारमा उछाल आएको छ । यस दिन नेप्से ७८.८२ अंकले बढेर २८७४.६० को विन्दुमा कायम भएको हो ।
आज नेप्सेमा कारोबार भएको ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड २१ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ ।
यस दिन नोपल रिइन्स्योरेन्स कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ८४ करोड ४२ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ६० करोड ६८ लाख ६६ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ५६ करोड ७४ लाख ८९ हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ४२ करोड ६१ लाख ८५ हजार रुपैयाँ र ङादी ग्रुप पावरको ४१ करोड १७ लाख ९८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १५:२०













