२७ मंसिर २०८२, शनिबार | Sun Dec 14 2025

विशेष सुविधासहित मन्जुश्री फाइनान्सको मेरो पहिलो बचत खाता सार्वजनिक

१ साउन, काठमाडाैं । मन्जुश्री फाइनान्स लिमिटेडले मेरो पहिलो बचत खाता नामक बचत खाता सार्वजनिक गरेको छ । बित्तिय पहूच भन्दा बाहिर रहेका ग्राहकहरुका लागि बिशेष ल्याईएको यो बचत खातामा रु १०० को मौज्दात संस्थाले आफ्नो तर्फ़बाट जम्मा गरिदिने छ । बित्तिय पहूचमा योगदान पुर्याउने मनशायले फाइनान्सले सो खाताको प्रक्षेपण गरेको हो ।

हालसम्म रु २२ अर्ब निक्षेप संकलन गरि करिब १८.२ अर्ब कर्जा परिचालन गरेको यसे मन्जुश्री फाइनान्सले निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको छ ।

फाइनान्सले हालसम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।

हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, देशकै अग्रणी फाइनान्स कम्पनीको रुपमा रहेको छ ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १३:२७