सिटिजन लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा अधिकारी
१ साउन, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा देवराज अधिकारी नियुक्त हुनुभएकाे छ ।
असार ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको १२० औं बैठकले अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार ११:१६












