१९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025

विधान महाधिवेशनबारे छलफल गर्न एमाले सचिवालय बैठक च्यासलमा

१ साउन, काठमाडौँ । नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक पार्टी मुख्यालय, च्यासलमा सुरू भएकाे  छ । एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिनुभयो ।

पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ । सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

आजकाे सचिवालय बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचि तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताउनुभयो । यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १४:१३