एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सहकार्य
१ साउन, काठमाडाैं । एनआईसी एशिया बैंक र नगरकोट सामुदायीक होमस्टेबीच सम्झौता भएकाे छ । बैंक र होमस्टेबीच बैंकका ग्राहकहरुलाई होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हाे । याे सम्झौतासँगै अब बैंकका ग्राहकले १७ घरपरिवारद्वारा सञ्चालित नगरकोट सामुदायीक होमस्टेमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुटको विशेष सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
चाँगुनारायण, भक्तपुरमा अवस्थित नगरकोट सामुदायीक होमस्टेको सेवा लिई ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्ग सेवा (MoBank) एपमार्फत भुक्तानी गर्दा उक्त छुट सुविधा उपभोग गर्न सक्नेछन् । वित्तीय समावेशीकरण तथा डिजिटल सशक्तिकरणमा डिजिटल भुक्तानीलाई प्रवद्र्धन गरिरहेको यस बैंक र नगरकोट सामुदायीक होमस्टेबीचको यस साझेदारीले ग्राहकहरुलाई सरल, सहज, सुरक्षित डिजिटल भुक्तानी सुविधा उपलब्ध हुनुको साथै दिगो ग्रामीण पर्यटन विकासका टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।
प्रकाशित मिति : १ श्रावण २०८२, बिहीबार १०:०१












