एनआइसी एशिया बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?
३२ असार, काठमाडौं । एनआइसी एशिया बैंकले साउनका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत र संस्थागत मुद्दति दुवैको ब्याजदर असारको भन्दा घटाएर सार्वजनिक गरेको छ ।
साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतिका लागि ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा बैंकले व्यक्तिगत मुद्दति खाताको ब्याजदर ६.५५ प्रतिशत कायम गरेकाे थियाे ।
त्यस्तै, बैंकले संस्थागत मुद्दतिमाको ब्याजदर पनि घटाएको छ । बैंकले साउन महिनाका लागि संस्थागत मुद्दतिमा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा बैंकले संस्थागत मुद्दतिको ब्याजदर ५.५५ प्रतिशत कायम गरेकाे थियाे ।
प्रकाशित मिति : ३२ असार २०८२, बुधबार १२:०७












