प्रभु बैंकले साउनका लागि घटायो ब्याजदर, कुनमा कति ?
३२ असार, काठमाडौं। प्रभु बैंक लिमिटेडले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेदेखि लागू हुनेगरी व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत ६ महिनादेखि २४ महिनासम्मका लागि २.७५० प्रतिशत,२४ महिनामाथि देखि ५ वर्षसम्मका लागि ३ प्रतिशत र ५ वर्षभन्दा माथिको अवधकिा लागि ३.२५० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।
प्रकाशित मिति : ३२ असार २०८२, बुधबार ०९:१६