ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर
३२ असार, काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको ब्याजदर अनुसार व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४।२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा यही ब्याजदर कायम गरेको थियो ।
प्रकाशित मिति : ३२ असार २०८२, बुधबार ०९:०६