८ भाद्र २०८२, आईतवार | Sun Aug 24 2025

हाइड्रोको लाइसेन्स झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्नुपर्छः जनार्दन शर्मा

३१ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री जनार्दन शर्माले खाेलाको लाइसेन्स एकै व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गर्नुभएकाे छ ।

मंगलबार काठमाडौंमा आयोजित स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इप्पान) को २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अहिले खोलाका दर्जनौं आयोजना केही व्यक्तिको झोलामा थुपारिएको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयाे ।

शर्माले एउटै खोलाका लागि एक भन्दा बढी लाइसेन्स दिन नहुने भन्दै स्पष्ट नीति बनाउन सरकारलाई आग्रह गर्नुभयाे । ‘यदि एउटा कम्पनीले योजना डेभलप गरिरहेको छ भने, अरूलाई लाइसेन्स दिनु हुँदैन,’ उहाँले भन्नुभयाे ।

शर्माले खोलाको लाइसेन्स लगानी गर्न सक्ने व्यक्तिलाई दिनु पर्ने भए पनि अहिले बेचबिखनको माध्यम बनेको बताउनुभयाे । ‘लाइसेन्स दिनेमध्ये कसलाई दिनुभएको हो ? लगानी गर्नेलाई कि बेच्नेलाई ? म यसको हिसाब खोज्नेछु’ उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : ३१ असार २०८२, मंगलवार १४:०७