२० कार्तिक २०८२, बिहीबार | Fri Nov 7 2025

एशियन लाईफको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

३० असार, काठमाडौं। एशियन लाईफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बाराको सिमरास्थित होटल ईच्छामा कम्पनीको १७ औं सभा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट ५.१० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार श्रेष्ठले पेश गरेको आव २०८०/०८१ को वार्षिक प्रतिवेदन बहुमतले अनुमोदन गरेको छ ।

यसैगरी, सभामा आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धि प्रस्ताव समेत पारित भएको छ । आर्थिक वर्ष २०८०/८१ (एनएफआरएसबमोजिम) असार मसान्तसम्मको वासलात,नाफा/नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल सहित पारित भएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १७:५१