७ आश्विन २०८२, मंगलवार | Tue Sep 23 2025

लाभांश पारित गर्दै एलआइसी नेपालको साधारणसभा सम्पन्न

३० असार, काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) (एलआइसी) काे २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा सम्पन्न भएको हो ।

सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि पारित गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १७:२४