२० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026

३५.०९ अंकले घट्यो नेप्से, ८ अर्ब १७ करोडको कारोबार

३० असार, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से ३५.०९ अंकले घटेर २७२५.७१ को बिन्दुमा बन्द भएको छ । यस दिन ३२१ स्टकको ७२ हजार ६०१ पटकको कारोबारमा ८ अर्ब १७ करोड २१ लाख ४३ हजार रुपैयाँबराबरको २ करोड ११ लाख २ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन माइखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक बढेकाे छ । यस दिन कम्पनीकाे सेयरमूल्य ५.९० प्रतिशतले बढेकाे हाे  । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन ४.४६ प्रतिशत घटेको छ।

यस दिन एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस दिन कम्पनीको ४० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १५:२९