१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

लाभांश प्रस्ताव पारित गर्दै यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

३० असार, काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि कम्पनीकाे ३१औं साधारण सभा सम्पन्न भएको हो ।

सभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने रकम (२१ करोड रुपैयाँ) बराबरको बोनस सेयर र ०.५२६३ प्रतिशतले हुन आउने रकम (१ करोड १० लाख ५२ हजार रुपैयाँ) बराबरको नगद लाभांश (कर समेत) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले यसअघि नै १५ प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। तर बोनस सेयर वितरणपछि चुक्ता पूँजी बढ्ने भएकाले हकप्रद प्रतिशतलाई परिमार्जन गरेर १० प्रतिशत अर्थात् १०० कित्ता बराबर १० कित्ता हकप्रद निष्कासन गर्ने गरी परिमार्जन गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

त्यसैगरी सभाले गत आर्थिक वर्ष को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालकहरूको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार १५:०९